दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो घरमा भएको हमलापछि पहिलो पटक प्रतिक्रिया जनाएका छन् । उनले यस किसिमको हमलालाई ‘गुण्डागर्दी’ भनेका छन् । केजरीवालले एक कार्यक्रममा भने, ‘केजरीवाल महत्वपूर्ण होइन । म अत्यन्त सानो व्यक्ति हुँ । यस देशको सामान्य नागरिक हुँ । देशका लागि मेरो ज्यान पनि हाजिर छ । तर मलाई यस्तो लागेको छ कि यस किसिमको गुण्डागर्दीबाट देश अगाडि बढ्ने छैन ।’यदि देशलाई अगाडि लैजानुछ र २१ औ शताब्दीको भारत बनाउनु छ भने आपसमा प्रेमका साथ मिलेर काम गर्नुपर्ने