भारतको आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले दुईदिने अयोध्या यात्राका क्रममा मंगलवार हनुमानगढी र राम ललाको दर्शन गरे ।
बुधवारदेखि दिल्लीका वृद्धवृद्धाले सित्तैमा अयोध्या यात्रा गर्न पाउने घोषणा पनि उनले गरे ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केजरीवाललाई यस विषयमा आलोचना गरेका छन् ।
उनले भने, ‘केजरीवाल पहिले भगवान् रामलाई गाली गर्थे । तर अब राम विना डुंगा पार नहुने देखेपछि उनी अयोध्यामा राम जन्मभूमिको दर्शनका लागि आएका छन् ।’
अयोध्या जानु केजरीवालको राजनीतिक विवशता हो ...