काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको विरोध गरेका हुन्।
'नेपालका सम्बन्धमा प्रकट गर्नु भएको अभिव्यक्तिप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गम्भीर ध्यानाकर्षण भएको…