काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको भन्दै आपत्ति जनाएको छ। महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १८ र २० गते गृह मन्त्रालयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।'नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावना विपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्त