अभिव्यक्ति सच्याउन दलित आयोगको माग

काठमाडौँ– राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना […]

सम्बन्धित सामग्री

विभेदजन्य अभिव्यक्ति दिने उपमेयर चन्दलाई कारबाही गर्न दलित आयोगको माग

राष्ट्रिय दलित आयोगले दलित समुदायमाथि विभेदजन्य अभिव्यक्ति दिने बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयरलाई कारबाही गर्न माग गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले आइतबार विज्ञप्ति जारी गर्दै उपमेयरले गरेको विभेदजन्य व्यवहारले आयोग र सिंगो दलित समुदायलाई दुःखी बनाएको भन्दै सो अभिव्यक्तिबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न दलित आयोगको माग

१ पुस, धरान । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् । धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र […]