आज पनि रिहा भएर फेरि पक्राउ परे धर्मेन्द्र बाँस्तोला

प्रतिबन्धित नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । हिजो सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई आज समेत काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गरेको हो । बाँस्तोलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरातसमा राखिएको छ । पुराना मुद्धा बाँकी रहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । पुस २९ मा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो ।

सम्बन्धित सामग्री

धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटी तिरेर रिहा

रुपन्देही । दशैंअघि आफैले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि दाङ प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला १५ दिनपछि ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा उनी इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका थिए । कात्तिक २ गते राति पौने १० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती […]

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए । चुनाव बिथोल्ने गतिविधि सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले […]

धर्मेन्द्रलाई तत्काल रिहा गर्न नेकपा (बहुमत) को माग

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई तत्काल रिहा नगरे देशव्यापी संघर्ष गर्ने सो पार्टीले चेतावनी दिएको छ । नेकपा (बहुमत) नवौं महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले  बिहीबार विज्ञप्ति जारी गर्दै  संयोजक कञ्चनलाई दाङ जिल्लाको भालुबाङबाट आज बिहान चार बजे नियन्त्रणमा लिएको जनाएका छन् । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहाइ नगरे देशव्यापी संघर्ष गर्ने र त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने नेकपा ब

धमाधम रिहा हुन थाले विप्लवका नेता कार्यकर्ता

शान्तिपूर्ण राजनीतिमा आएसँगै नेकपा विप्लव समूहका नेता कार्यकर्ता धमाधम रिहा हुन थालेका छन् । गृह मन्त्रालयको निर्देशनमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भए । यस्तै  नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन्।   सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत  पुन गत साउनमा पक्राउ परेका थिए । नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो । अन्यलाई पनि प्रक्रिया पुरा गरेर रिहा गरिने सरकारले जनाएको छ...

विप्लव समूहका नेता–कार्यकर्ताको रिहाइ सुरु, धर्मेन्द्र बाँस्तोला काभ्रेबाट रिहा

काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा भएसँगै पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याएर छाड्न थालिएको हो ।  विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई काभ्रेपलाञ्चोकबाट रिहाइ गरिएको छ । प्रहरीका अनुसार विप्लव समूहका एक सय ४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ताविरुद्ध अनुसन्धान चलिरहेको छ ।  विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जनालाई पक्...

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा

आगजनी तथा सङ्गठित अपराधको मुद्दामा उनलाई काभ्रेमा हिरासतमा राखिएको थियो । उनलाई यसअघि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे लगिएको थियो ।

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँ...