काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा भएसँगै पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूलाई आवश्यक प्रक्रिया पुर्याएर छाड्न थालिएको हो ।
विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई काभ्रेपलाञ्चोकबाट रिहाइ गरिएको छ । प्रहरीका अनुसार विप्लव समूहका एक सय ४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ताविरुद्ध अनुसन्धान चलिरहेको छ ।
विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जनालाई पक्...