नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए । चुनाव बिथोल्ने गतिविधि सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले […]

सम्बन्धित सामग्री

तानाशाह र भ्रष्ट्राचारीलाई छान्नका लागि चुनाव गरिँदैछ : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले देशमा फाँसीवादी शासन चलिरहेकोले‌ आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन खारेज गरिनुपर्ने बताए। यो संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ ?  उनीहरूले पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन्

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुवाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको छ। उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरे

प्रहरी नियन्त्रणबाट मुक्त भए धर्मेन्द्र बास्तोला

२९ बैशाख, दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा […]

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं, बैशाख २९ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । दाङको भालुवाङबाट प्रहरीले उनलाई आज बिहान ४ बजे घर जादै गरेको गाडीबाट पक्राउ गरेको हो । बास्तोला आफ्नो घर सुर्खेत जाँदै थिए । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए ।

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला निगरानीमा : दाङ प्रहरी

काठमाण्डाै - नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पश्चिम जाँदै गरेका बास्तोलालाई दाङको भालुवाङमा सोधपुछ गरिएको र निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभएको छ । उहाँलाई पक्राउ नगरिएको तर निगरानीमा राखिएको उहाँको भनाइ  छ । थप सोधपुछको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । नेकपा बहुमतले पालिका चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकप...

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौँ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए । स्थानीय निर्वाचनको ठिकअघि उनलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । तर पार्टीले […]

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले  पक्राउ गरेको बताइएको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको न