नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई तत्काल रिहा नगरे देशव्यापी संघर्ष गर्ने सो पार्टीले चेतावनी दिएको छ । नेकपा (बहुमत) नवौं महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई दाङ जिल्लाको भालुबाङबाट आज बिहान चार बजे नियन्त्रणमा लिएको जनाएका छन् । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहाइ नगरे देशव्यापी संघर्ष गर्ने र त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने नेकपा ब