नेत्रविक्रम चन्द विप्लवबाट अलग भएका नेकपा बहुमतका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेकपा बहुमतका नेताहरुले आइतबार ५ बजे बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।भेटमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला, नेताहरु हेमन्त प्रकाश ओली, गुणराज लोहनी, उदयबहादुर चलाउनेलगायतका थिए । प्रधानमन्त्री देउवासँगको भेटमा नेकपा बहुमतका नेताहरुले प्रतिबन्धको समयमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग गरेका थिए । संयोजक ब