धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटी तिरेर रिहा

रुपन्देही । दशैंअघि आफैले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि दाङ प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला १५ दिनपछि ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा उनी इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका थिए । कात्तिक २ गते राति पौने १० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती […]

सम्बन्धित सामग्री

जुटेको दुई वर्षमा फेरि फुटे मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला

१ साउन, काठमाडौं। दुई वर्षअघि पार्टी एकता गरेका साना माओवादी घटकहरु फेरि फुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चनले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् …

धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर

काठमाडौं, १४ फागुन । जिल्ला अदालत दाङले क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनलाई १ वर्ष कैद सजाय र २ हजार रुपैया जरिवाना सुनाइएको छ । बाँस्तोलाले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको निधन भएको थियो । उनी दशैं मनाउन सुर्खेत जाने क्रममा […]

संसदवादी कम्युनिष्ट पार्टीहरू नीति र सिद्धान्तविहीन भए : धर्मेन्द्र बाँस्तोला

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्

माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । माओवादीको अवको चुनाव बिग्रने […]

आज पनि रिहा भएर फेरि पक्राउ परे धर्मेन्द्र बाँस्तोला

प्रतिबन्धित नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । हिजो सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई आज समेत काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गरेको हो । बाँस्तोलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरातसमा राखिएको छ । पुराना मुद्धा बाँकी रहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । पुस २९ मा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो ।

चन्द समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा‍बाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्यले कान्तिपुरलाई बताइन् ।

विप्लव समूहका पश्चिम कमाण्डर धर्मेन्द्र बाँस्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका उच्च तहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनलाई प्रहरीले ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ