शान्तिपूर्ण राजनीतिमा आएसँगै नेकपा विप्लव समूहका नेता कार्यकर्ता धमाधम रिहा हुन थालेका छन् ।
गृह मन्त्रालयको निर्देशनमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भए ।
यस्तै नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन्।
सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत पुन गत साउनमा पक्राउ परेका थिए ।
नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।
अन्यलाई पनि प्रक्रिया पुरा गरेर रिहा गरिने सरकारले जनाएको छ...