दाङ- द्वापर युगसँग सम्बन्ध जोडिएको दाङको पवित्र धार्मिक तीर्थस्थल रिहारमा माघे संक्रान्तिको अवसरमा मेला लागेको छ। किसानको समृद्धि र सन्तान प्राप्तिसँग आस्था जोडिएको रिहारमा सदियौंदेखि माघे संक्रान्तिमा मेला लाग्दै आएको हो। अहिले पनि छिमेकी देश भारत र नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आस्थापूर्वक रिहारमा आएका छन्। लमही नगरपालिका वडा नं ९ रिहारमा रहेको तप्तकुण्डमा नुहाउन, […]