पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसंक्रान्ति मेला नहुने भएकोे छ ।
कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे संक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्र विकास समितिले जनाएकोे छ ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार ३ जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे संक्रान्तिमा ३६ घण्टाको अवधिमा ५ लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्यांक छ ।
कार्यकारी निर्देशक घिमिरेले स्नान घरमा नै गरेर यस वर्ष म...