देवघाटमा माघे संक्रान्ति मेला : चिन्ता झोलुङ्गे पुलको, दासढुङ्गाको पक्की पुल प्रयोग गर्न आह्वान

२९ पुस, चितवन । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर संक्रान्ति मेला शुभारम्भ हुन्छ । मकर मेलामा देवघाटमा स्नान […]