वायुसेवा निगमलाई ऋण दिन कोही तयार भएनन्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गत माघ ९ गते १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने भन्दै इच्छुक ऋणदातालाई प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तोकिएको अवधिमा कसैले पनि प्रस्ताव पेश नगरेपछि निगमले पुन: एक्सप्रेशन अफ इन्ट्रेस्ट (ईओआई) जारी गरेर प्रस्ताव आह्वान गरेको छ ।  तोकिएको अवधिमा कुनै पनि साझेदार, सरकार वा कम्पनीले ऋण दिने प्रस्ताव नहालेपछि निगमले बुधवार पुन: ईओआई जारी गरेको हो । निगमले अहिले आफूसँग भएका जहाज किन्दा लागेको ऋणको साँवाब्याज भुक्तानी गर्न, थप जहाज किन्न र ह्यांगर बनाउन ऋणदाता खोजेको छ । अहिलेसम्म कुनै ऋणदाता निगमले पाउन सकेको छैन । निगमले उक्त प्रयोजनका लागि गत माघकै प्रकृतिको ऋण विवरणसमेत सार्वजनिक गरेको छ ।  निगमले सार्वजनिक गरेको सूचनामा इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनी, सरकार र अन्य ऋणदातालाई निवेदन दिन आग्रह गरिएको छ । अहिले निगमको ऋण ४८ अर्ब रुपैयाँभन्दा बढी छ । सन् २०१५ मा चारओटा जहाज किन्न लिएको ऋण र त्यसको ब्याज गरी निगमको ऋण दायित्व झन्डै आधा खर्ब रुपैयाँ पुग्न लागेको हो । ऋण बढेकै अवस्थामा यति बेला उक्त ऋण तिर्न र नयाँ जहाज किन्न थप ऋणका लागि सम्बद्ध संस्थाहरूलाई निगमले आग्रह गरेको हो । निगमको ईओआईअनुसार सबैभन्दा धेरै ऋण जहाज खरीदमा प्रयोग हुनेछ । त्यस्तो ऋणबाट जहाज खरीदका लागि अनुमानित ७५ अर्ब, अहिले भएको ऋण चुक्ता गर्न ५५ अर्ब र ह्यांगर बनाउन ५ अर्ब रुपैयाँ खर्च हुनेछ । पूँजी अभाव, ऋणको भार र जहाज अभावको चर्काे दबाबमा रहेको निगमले सहुलियत ब्याजदरको ऋण लिएर खरीद कार्य अघि बढाउन खोजे पनि दाताले विश्वास नगरेको देखिएको छ । निगमको ऋणदातामा अहिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष छन् । यी ऋणदातालाई नै निगमले वार्षिक अर्ब रुपैयाँभन्दा बढी ब्याजबापत तिर्नुपर्छ । यी निकायको महँगो ब्याज भएकाले उक्त ऋण तिर्न निगमले सहुलियत कर्जा खोजेको सम्बद्ध अधिकारीको भनाइ छ । नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन २०८० मा निगमको सञ्चित कुल ऋण ४८ अर्ब ३ करोड रुपैयाँ रहेको उल्लेख छ । निगमले कुल ऋणको करीब १० प्रतिशतभन्दा बढीको दरले ब्याज तिरिरहेको छ ।

सम्बन्धित सामग्री

सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएकाे छ । स्राेतका अुनसार २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । प्रतिनिधिसभामा […]

‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले पूर्वनिर्धारित तालिका अनुसार नै आफूहरु खेल्न तयार हुँदा आयोजक पनि तयार हुनुपर्ने जनाएको छ । बुधबार एक कार्यक्रममाझ खेलाडीलाई स्वागत गर्ने क्रममा टोलीका सिइओ सञ्जय शर्माले प्रतियोगिताबारे आफ्नो प्रतिक्रिया दिएका हुन् । लुम्बिनीको स्वामित्व सञ्जयसँगै पूर्व क्रिकेटरद्वय आशिक लामा र बरदान चालिसे तथा […]

तयार भए मतदानस्थल (तस्बिरहरू)

झापा – आइतबार हुने मतदानका लागि मतदानस्थल तयार भएका छन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत हुने मतदानका लागि मतदानस्थल तयार भएका हुन् । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ । झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचन कार्यालयका प्रमुख तुलसी […]

समाजवादको आधार तयार गर्ने योजनासहित माओवादी केन्द्रले तयार पार्‍यो घोषणापत्र

नेकपा (माओवादी केन्द्र) ले समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ ।

वीरगन्जमा मतगणनास्थल तयार

आज शुक्रबार हुने स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मतगणनास्थल तयार भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ लक्ष्मणुवा स्थित नृसिंह प्राविधिक विद्यालयमा मतगणना स्थल तयारी गरिएको हो । नृसिंह माध्यमिक विद्यालयको चार वटा कोठा मतगणनाको लागि तयार गरिएको छ । तीन वटा कोठा भने मतपेटिका राख्ने गरी तयार गरिएको छ । मतगणना स्थलको कोठा […]

युक्रेनसँग फेरि वार्ता तयार छौं : रुस

१८ फागुन, काठमाडौं । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ताले बुधबार साँझ युक्रेनका अधिकारीसँग आफूहरू पुन: वार्ता गर्न तयार रहेको बताएका हुन् । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘हाम्रा प्रतिनिधि वार्ता जारी राख्न तयार छन्’, पत्रकारसँग कुरा […]

एकताका लागि त्याग गर्न तयार छु : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् । नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा जारी आफू पक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन् । तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस्, नेता पौडेलले बैठकमा […]

करबाकेलीमा संग्रहालय तयार

म्याग्दी – अन्नपुर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाईमा म्याग्दीको पहिचान भल्काउने संग्रहालय तयार भएको छ । संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले संग्रहालय भवन तयार भएको हो । परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय तयार गरेको काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिका […]

स्टार्टअप कर्जा कार्यविधिको मस्यौदा तयार

काठमाडौं। अर्थ मन्त्रालयले स्टार्टअप व्यवसायीलाई दिने कर्जाको कार्यविधि मस्यौदा तयार पारेको छ। साउन १ गतेदेखि लागू हुने ‘स्टार्टअप व्यवसायमा कर्जा प्रवाह कार्यविधि, २०७८’ को मस्यौदा तयार भएको हो । १८ बुँदामा तयार गरिएको कार्यविधि लागु भएसँगै नवप्रवर्तनात्मक व्यवसायमा संलग्न हुने व्यवसायीले सहज रुपमा कर्जा पाउनेछन् ।

‘हामी सांसद पद गुमाउन तयार भयौं, तर विचार र राजनीतिलाई छोड्न तयार भएनौं’

ऊर्जा मन्त्री टोप बहादुर राइमाझीले आफूहरू सांसद् पद गुमाउन तयार भएको तर विचार र राजनीतिलाई छोड्न तयार नभएको बताएका छन्।...