विराटनगर : शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको भन्दै पुनः परीक्षा गराउन परीक्षार्थीहरूले माग गरेका छन्।विराटनगर-१८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा रिक्त रहेको ३ जना शिक्षक पदपूर्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेलका कारण निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग राख्दै आइतबार विद्यालय परिसरमा परिक्षार्थीहरू भेला भए।परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीले शिक्षक पदपूर्तिको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लगाउँदै आएक