नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत बताए । आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता सम