एन्फामा तत्काल निर्वाचन गर्नुपर्छः किरण राई

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता पदबाट राजीनामा दिएका किरण राईले तत्काल निर्वाचन गर्नुपर्ने बताएका छन्। सञ्चारकर्मीसँगको भेटघाटमा राईले भने, ‘हाल देखिएका सबै विवाद समाधान गर्न एन्फा तत्काल निर्वाचनमा जानुपर्छ। हाम्रो मूल्यांकन अब मतदाताले गर्नेछन्। त्यस कारण अब ताजा निर्वाचनमा जाऔँ। हामीले चाह्यौं भने सात महिना भित्रमै निर्वाचन गर्न सक्छौँ। एन्फामा देखिएको समस्या ताजा जनादेशले मात्रै समाधान गर्न सक्छ।’

सम्बन्धित सामग्री

एन्फाका नेम्वाङ र कतारका राजदूतबीच भेटवार्ता

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग भेट गरेका छन् । एन्फाका नवनिर्वनचित अध्यक्ष नेम्वाङ र महासचिव किरण राई लगायत टोलीले बुधबार काठमाडौंमा राजदूतलाई उनैको निवासमा भेट गरेको एन्फाले जनाएको छ । भेटमा राजदूत अल हेलले नेम्वाङलाई बधाइ दिएका थिए । दुई […]

एन्फा महासचिवमा किरण राई, दुई केन्द्रीय सदस्यको टुंगो निर्वाचनबाटै

अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिवमा मनोनित गरेको हो ।

एन्फा महासचिवमा किरण राई, दुई केन्द्रीय सदस्यको टुंगो निर्वाचनबाटै

अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिवमा मनोनित गरेको हो ।

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी

अखिल नेपाल फुटबल संघ(एन्फा) को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्रमान जोशी नियुक्त भएका छन्।...

एन्फा नयाँ कार्यसमितिको पहिलो बैठक : यस्ता छन् महत्वपूर्ण ७ निर्णय

अखिल नेपाल फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले एन्फाको आगामी चार वर्षको कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।साथै बैठकले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ । यस्ता छन् अन्य निर्णयहरु :

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशी नियुक्त भएका छन् । नवनिर्वाचित एन्फा केन्द्रिय कमिटिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिवमा तथा जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको हो । एन्फाको विधानमा महासचिव र कोषाध्यक्ष नियुक्त गर्ने प्रावधान छ । किरण राई यसअघिको कार्यसमितिमा एन्फा सदस्यसँगै प्रवक्ता […]

एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज  नेम्वाङ निर्वाचित भएका थिए ।

एन्फा महासचिवमा किरण राई मनोनित

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

नेपाली फुटबल डुब्ने अवस्थामा पुग्योः किरण राई

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता पदबाट राजीनामा दिएका किरण राईले नेपाली फुटबल डुब्ने अवस्थामा पुगेको बताएका छन्। उनले पदबाट राजीनामा दिनुको कारण खुलाउँदै भने, ‘नेपाल फुटबल डुब्ने अवस्था आइसक्यो। यस्तो बेला मैले कसैको पक्ष नलिई बोल्नुपर्छ। संस्थाभित्रको समस्याबारेमा पनि बोल्नु पर्छ। तर प्रवक्ताको आफ्नै मर्यादा हुँदा स्वतन्त्र भएर बोल्न पाइने अवस्था रहेन। त्यस कारण मैले राजीनामा दिएको हो।’