अखिल नेपाल फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले एन्फाको आगामी चार वर्षको कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।साथै बैठकले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ । यस्ता छन् अन्य निर्णयहरु :