एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज  नेम्वाङ निर्वाचित भएका थिए ।