काठमाडौं महानगरपालिकाले माग्यो २१ सुपरिवेक्षक र २१० गणक

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणकका निम्ति आवेदन आह्वान गरिएको छ । मंगलबार सूचना प्रकाशित गरी २१ सुपरिवेक्षक र २१० गणकका लागि आवेदन आह्वान गरिएको हो । सात दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक)मार्फत...

सम्बन्धित सामग्री

कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

कृषि गणना गर्न गणक र सुपरिवेक्षक छनोट

मनाङ । आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरिवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालीममा सहभागी भइरहेका छन् । गणक र सुपरिवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहेका छन् । कृषि गणनाका लागि  छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण संकलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण संकलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ । गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताए । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ । खेतीयोग्य जमिन, जमीनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा तथ्यांकले सहयोग पुर्‍याउनेछ । विसं २०१८ देखि केन्द्रीय तथ्यांक विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौं कृषि गणना हो । रासस

सातौं कृषि गणनाका लागि झापामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउने तयारी

चैत १५, झापा । केन्द्रीय तथ्यांक विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौं कृषि गणना गर्न लागेको छ ।  नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो । झापाका १५ ओटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए ।  ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ शुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो ।  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताए ।  करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उनले जानकारी दिए ।  अधिकृत  लुइँटेललले भने, ‘यो गणनाले कृषि मन्त्रालयले १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।’ कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण संकलन गरिनेछ ।  जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो । रासस

गणक र सुपरिवेक्षक पदका लागि काठमाडौं महानगरपालिकाले माग्यो २३१ कर्मचारी

माघ १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा २३१ जना  कर्मचारी माग गरेको छ । उक्त कार्यालयले सुपरिवेक्षक पदका लागि २१ र गणक पदका लागि  २१० जना कर्मचारी माग गर्दै  विज्ञापन प्रकाशित गरेको छ ।  प्रकाशित विज्ञापन अनुसार इच्छुक व्यक्तिले माघ २४ गते भित्र काठमाडौं महानगरपालिलको वेबसाइटमा रहेको अनलाइन आवेदक प्रणालीमार्फत आवेदन दिई सक्नुपर्नेछ । आवेदनका लागि कुनै शुल्क नलाग्ने विज्ञापनमा उल्लेख गरिएको छ ।  कार्यालयले आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याकंशास्त्र, अर्थशास्त्र वा गणित विषयसहित कुनै एक विषयमा कम्तिमा स्नातक वा सो सरह उतिर्ण  गरेको हुनुपर्नेछ । साथै कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान भएको तथा १८ वर्ष पूरा भई ४० ननाघेका हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग

काठमाडौं । अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक तथा गणक पठाउन माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै ती ठाउँमा सुपरिवेक्षक र गणक पठाई जनगणना कार्य तत्काल अगाडि बढाउन माग गरेकी हुन् । ‘पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा […] The post कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११ गते दुई महिनाभित्रमा अनलाइन दरखास्त फाराम भर्न सकिने व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । आइतबार उक्त अनलाइलाइन पोर्टलको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले थालनी गरे ।चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणन

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाण्डाै - राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बता...