माघ १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा २३१ जना कर्मचारी माग गरेको छ ।
उक्त कार्यालयले सुपरिवेक्षक पदका लागि २१ र गणक पदका लागि २१० जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।
प्रकाशित विज्ञापन अनुसार इच्छुक व्यक्तिले माघ २४ गते भित्र काठमाडौं महानगरपालिलको वेबसाइटमा रहेको अनलाइन आवेदक प्रणालीमार्फत आवेदन दिई सक्नुपर्नेछ । आवेदनका लागि कुनै शुल्क नलाग्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
कार्यालयले आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याकंशास्त्र, अर्थशास्त्र वा गणित विषयसहित कुनै एक विषयमा कम्तिमा स्नातक वा सो सरह उतिर्ण गरेको हुनुपर्नेछ । साथै कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान भएको तथा १८ वर्ष पूरा भई ४० ननाघेका हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।