कृषि गणना गर्न गणक र सुपरिवेक्षक छनोट

मनाङ । आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरिवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालीममा सहभागी भइरहेका छन् । गणक र सुपरिवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहेका छन् । कृषि गणनाका लागि  छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण संकलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण संकलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ । गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताए । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ । खेतीयोग्य जमिन, जमीनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा तथ्यांकले सहयोग पुर्‍याउनेछ । विसं २०१८ देखि केन्द्रीय तथ्यांक विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौं कृषि गणना हो । रासस

सम्बन्धित सामग्री

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ ।      जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरीवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरेका थिए । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए । उनले भने, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफु

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

बैतडी : सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजारबढी परिवारको लगत संकलन गरिएको छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत संकलन गरिएको हो।गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षकहरू घरघरमा पुगेर लगत संकलन गरेका थिए। उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए। उनले भने, “गणक र सुपरिवेक्षक गरेको तथ्यांक संकलन र त्यसपश्चात स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर

देशभर आजदेखि कृषि गणना सुरु

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक […]

आजदेखि कृषि गणना सुरु

काठमाण्डाै - आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ । २०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले ...

आजदेखि देशभर कृषि गणना सुरु हुँदै

देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।  वैश

कञ्चनपुरमा ७५ गणक र १९ सुपरीवेक्षकले कृषि गणना गर्ने

कञ्चनपुर : राष्ट्रिय कृषि गणनाका लागि कञ्चनपुरमा ७५ जना गणक र १९ जना सुपरीवेक्षक खटिने भएका छन्। गणक र सुपरीवेक्षकलाई तालिम दिइएको छ।वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुन लागेको हो। जिल्लाका २ सय १२ स्थानलाई गणना क्षेत्रका रुपमा चयन गरिएको कृषि गणना कार्यालय कञ्चनपुरका प्रमुख गोकर्णदेव न्यौपाने बताए।कृषि गणनाअन्तर्गत कृषक परिवारको संख्या, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसार भू‒उपयोग, कित्ताअनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नग

कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत […]

अर्घाखाँचीमा कृषि गणना हुने

अर्घाखाँची । अर्घाखाँचीमा आगामी वैशाख ५ गतेबाट कृषि गणना हुनेभएको छ । ३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा आगामी वैशाख ५ गतेबाट गणना गर्न लागिएको हो । जिल्लाभरमा ४३ गणक र ११ सुपरभाईजर फिल्डमा खटाईने कृषि गणना कार्यालय अर्घाखाँचीले जनाएको छ । ४५ दिनसम्म सञ्चालन हुने अभियानमा प्रत्येक घर घरमा गणक पुगी जग्गाको आधार, […]

राष्ट्रिय कृषि गणना वैशाखमा, देशभर ५ हजार गणक खटि‌ने

१२ फागुन, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो । राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए […]