कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा सातौं कृषि गणना शुरू

जनकपुर । धनुषासहित मधेश प्रदेशका जिल्लाहरूमा मंगलवारदेखि सातौं कृषि गणना शुरू भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी शुरू भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ । कृषि गणनाका लागि धनुषामा ३४ सुपरिवेक्षक तथा १३३ गणक गरी १६७ जना कर्मचारी परिचालन गरिएको मधेश प्रदेश कृषि गणना कार्यालय धनुषाका प्रमुख विमलकुमार यादवले जानकारी दिए । तथ्यांक विभागले निर्धारण गरेको धनुषाको १८ ओटै पालिकाका ३७९ गणक क्षेत्रमा कृषि गणना गरिने प्रमुख यादवले बताए । रासस

चितवनमा १७९ क्षेत्र निर्धारण गरेर कृषि गणना गर्ने तयारी

चैत १०, चितवन । सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत चितवनमा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई १७ क्षेत्रमा विभाजन गरी कृषि गणना गर्न लागिएको हो । जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०/१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिने छ । १६ सुपरिवेक्षक र ६४ गणक परिचालन गरी कृषि गणना गर्ने तयारी रहेको भण्डारीले जानकारी दिए । उनीहरुले ४५ दिन काम गर्ने छन् । उनीहरुलाई वैशाख ६ गतेबाट जेठ १९ सम्म तथ्यांक सङ्कलनमा खटाइने भण्डारीले बताए । गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क संकलन गर्नेगरी कार्यक्षेत्र तोकिएको छ । उनीहरुले विभिन्न १३ विधामा प्रश्नावली भर्नेछन् । नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ । त्यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सँख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्यांक संकलन गर्ने छन् । कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयको तथ्यांक संकलन गरिने कृषि गणना कार्यालय प्रमुख भण्डारीले बताए । कृषि गणनबाट प्राप्त तथ्यांकमार्फत सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि नीति बनाउन सहयोग पुग्ने भण्डारीको भनाई थियो । रासस

पर्वतमा गरीब परिवार पहिचान शुरू

पर्वत । पर्वतमा गरीब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्य शुरू गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरीब परिवार पहिचान तथा परिचयपत्र वितरणको काम थालिएको हो । गरीबीको रेखामुनि परेका परिवारहरूको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहहरूले बताएका छन् । अहिले जिल्लाका सातओटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत गरीबी निवारण गर्न सामाजिक सुरक्षा तथा राज्य र गैरराज्यबाट प्रदान गरिने सेवामा गरीब परिवारको पहुँच बढाउन यो अभियान थालिएको हो । गरीब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएकोले सही र सत्य विवरण संकलन गर्नुपर्नेमा जोड दिइएको छ । यसको मूल्यांकन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ । गाउँपालिकाको कार्ययोजना अनुसार गणक तथा सुपरिवेक्षक पाँच महिनासम्म फिल्डमा खटिएर तथ्यांक संकलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले  जानकारी दिए । स्थानीय तहहरूले मातहतका बासिन्दालाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन् । जति धेरै सत्यतथ्य सूचना संकलन भयो, राज्यलाई त्यति नै धेरै सहजता हुने र प्रत्यक्ष गरीब परिवारलाई राहत पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । पर्वतभर परिचालन हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्वय समितिले केही दिनअघि ६ दिने तालिम समेत दिइसकेको छ ।

पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

पर्वत, १९ फागुन । पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरु भएको हो । गरिबीको रेखामुनि परेका परिवारहको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन् । अहिले जिल्लाका सातवटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षक परिचालन गरिएको […]

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

काभ्रेमा जनगणनाका लागि १२८ जना सुपरिवेक्षक परिचालन

असोज ३, काभ्रेपलाञ्चोक । राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ जना सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ ।  जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसंख्याको आधारमा छ स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गरी १२औं राष्ट्रिय जनगणनाको पहिलो चरणको काम शुरु गरेको हो ।  पहिलो चरणमा सात दिनको तालिम दिएर १२८ सुपरिवेक्षक भदौ ३० गतेदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइसकिएको जनगणना कार्यालयका अधिकारी दीपक कोइरालाले बताए ।  उनले भने, ‘यसअघि वैशाख पहिलो सातामै स्थानीय जनगणना कार्यालय स्थापना गरी सुपरिवेक्षकको लागि तालिम आयोजना गरिरहेकै बेलामा कोरोना संक्रमणको दोस्रो लहरकोे कारण सात दिनको तालिमलाई पाँच दिनमा नै स्थगित गर्न परेकामा अहिले संक्रमण दर कम भएसँगै पुनः बाँकी दुई दिनको तालिम भदौ २७ र २८ गते सम्पन्न गरेर ३० गतेदेखि नै कार्यक्षेत्रमा खटाइसकेका छौं ।’  जनगणना अधिकारी कोइरालाले भने, ‘खटिसकेका सुपरिवेक्षकले पहिलो चरणमा आगामी असोज १८ गतेसम्म सूचीकरणको विवरण संकलन गरिसक्नेछन् ।’ सुपरिवेक्षकले घर तथा घरपरिवार सूची दर्ताको काम सकेपछि गणकलाई आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म खटाइने छ ।  जनगणनाका लागि अहिले जिल्लाको रोशी, खानीखोला र महाभारत गाउँपालिकाका लागि रोशीमै कार्यालय राखेर  धनवीर तामाङलाई, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाका लागि पनौतीमा कार्यालय सञ्चालन गरेर राकुमार तामाङलाई, भुम्लु र चौरीदेउराली गाउँपालिकका लागि भुम्लुमा कार्यालय सञ्चालन गरेर रुपक अधिकारीलाई, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका लागि पाँचखालमा कार्यालय सञ्चालन गरेर प्रसन्न सीपखानलाई, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकका लागि नमोबुद्धमा कार्यालय सञ्चालन गरेर सुमन भुर्तेललाई  तथा बनेपा र धुलिखेल नगरपालिकाका लागि धुलिखेलमा कार्यालय सञ्चालन गरेर नारदमणि कट्टेललाई स्थानीय जनगणना अधिकारी तोकेर काम सञ्चालन गरिएको छ ।  सूचीकरणका लागि नगरपालिका रहेका पनौतीमा १७, बनेपामा १६, धुलिखेलमा ११, पाँचखालमा १५, नमोबुद्धमा १०, मण्डनदेउपुरमा १२ सुपरिवेक्षक खटाइएको छ ।  त्यस्तै गाउँपालिका रहेका रोशीमा १०, तेमालमा सात, महाभारतमा छ, चौरीदेउरालीमा सात, भुम्लुमा सात, खानीखोलामा पाँच र बेथानचोक गाउँपालिकामा पाँच सुपरिवेक्षक खटाइएको कार्यालयले जानकारी दिएको छ । त्यस्तै आगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गरिने जनगणनाका लागि कार्यतालिका तयारी गरी ४६६ गणक खटिने भएका  छन् । रासस

जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना

३ चैत, काठमाडाै‌ । जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना भएको छ। कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ। जिल्लामा जनगणना २०७८ का लागि ९०६ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो। […]