जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो

सम्बन्धित सामग्री

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

कोठामा बस्नेको बसेकै ठाउँमा जनगणना गरिने

काठमाडौं : ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बिहीबारबाट जनगणना सुरु भएको छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशकको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीको गणना गरी १२ औं जनगणनाको सुरुवात गरिएको हो। जनगणनाका लागि ४० हजार  गणक खटिएका छन्। गणकलाई सहजीकरण गर्नका लागि देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटाइएको विभागले जनाएको छ। जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ। मुख्य प्रतिवेदन २०७९ सम्ममा प्रकाशित गरिने छ भने सबै क्षेत्रका विषयगत प्रतिवे

राष्ट्रिय जनगणना सुरु, गणक र सुपरीवेक्षक उत्साहित

तालिम पश्चात गणकहरूलाई नियुक्तिपत्र, करार नामा, यसअघि सुपरीवेक्षकले तयार पारेको उतार फारम, मातृ मृत्युदर उतार फराम, आवश्यक सामग्री दिएर फिल्डमा खटाइएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारी बताउनुहुन्छ ।

राष्ट्रिय जनगणनाको मूल गणना बिहीबारदेखि

काठमाठौँ- राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बिहीबारदेखि मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । […]

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग

काठमाडौं । अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक तथा गणक पठाउन माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै ती ठाउँमा सुपरिवेक्षक र गणक पठाई जनगणना कार्य तत्काल अगाडि बढाउन माग गरेकी हुन् । ‘पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा […] The post कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यसरी हुँदैछ जनगणना

काठमाडौं, २३ भदौ । राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि सुरु भई मंसिर ९ सम्म चल्ने भएको छ । यसअघिको कार्यतालिका कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थगन भएकोमा फेरि सरकारले निर्णय गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । १२औं शृंखलाको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक परिचालन हुनेछन् । देशको ३ करोड जनसंख्याको गणना […]

कोभिडविरुद्ध खोप लगाइसकेपछि मात्र जनगणना हुने

काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ । जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म क...

तनहुँमा पाँच सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने

तनहुँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो । […]

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११ गते दुई महिनाभित्रमा अनलाइन दरखास्त फाराम भर्न सकिने व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । आइतबार उक्त अनलाइलाइन पोर्टलको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले थालनी गरे ।चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणन