जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११ गते दुई महिनाभित्रमा अनलाइन दरखास्त फाराम भर्न सकिने व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । आइतबार उक्त अनलाइलाइन पोर्टलको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले थालनी गरे ।चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणन

सम्बन्धित सामग्री

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ ।      जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरीवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरेका थिए । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए । उनले भने, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफु

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

बैतडी : सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजारबढी परिवारको लगत संकलन गरिएको छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत संकलन गरिएको हो।गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षकहरू घरघरमा पुगेर लगत संकलन गरेका थिए। उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए। उनले भने, “गणक र सुपरिवेक्षक गरेको तथ्यांक संकलन र त्यसपश्चात स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर

कृषि गणना गर्न गणक र सुपरिवेक्षक छनोट

मनाङ । आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरिवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालीममा सहभागी भइरहेका छन् । गणक र सुपरिवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहेका छन् । कृषि गणनाका लागि  छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण संकलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण संकलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ । गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताए । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ । खेतीयोग्य जमिन, जमीनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा तथ्यांकले सहयोग पुर्‍याउनेछ । विसं २०१८ देखि केन्द्रीय तथ्यांक विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौं कृषि गणना हो । रासस

राष्ट्रिय कृषि गणना वैशाखमा, देशभर ५ हजार गणक खटि‌ने

१२ फागुन, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो । राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए […]

तथ्यांक विभागले माग्यो ६ हजार भन्दा धेरै कर्मचारी (सूचनासहित)

काठमाडौं : राष्ट्रिय तथ्यांक विभागले कृषि गणना २०७८ का लागि ६ हजार भन्दा बढी कर्मचारी माग गरेको छ। विभागले एक सूचना जारी गर्दै १२ सय ८० र ५ हजार २३ गणक माग गरेको छ। हेर्नुहोस् सूचना

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

रुपन्देहीमा खटिए ११ सय गणक, सही विवरण दिन मुख्यमन्त्री केसीको आग्रह

बुटवल – आज बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि रुपन्देहीमा एक हजार १२१ जना गणकहरु खटिँदै छन् । जनगणनाको सबै तयारी सकिएको र गणक बिहीबारदेखि हरेक घरदैलोमा पुग्ने लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही “क” ले जानकारी दिएको छ । जनगणना अधिकारी कृष्णराज पाण्डेका अनुसार जिल्लाको ७ स्थानीय तहको गणनाका लागि ५२० जना गणक खटाइएको छ […]

जनगणनामा चार अर्ब खर्च, ३९ हजार गणक परिचालन गरिने

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ का लागि कुल चार अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा हरेक १० वर्ष अवधिमा जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ को १२ औं श्रृंखलाको लागि करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विभागले गरेको महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । जसमध्ये, सर्वसाधारण जनताको घरदैलो गर्ने जनगणकहरूको पारिश्रमिक र तलब सुविधामा मात्र एक अर्ब ८० करोड रुपैयाँ खर्च हुने विभागले जनाएको छ । जनगणना गर्न विभागले कुल ३९ हजार गणक परिचालन गर्दैछ

राष्ट्रिय जनगणना : ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक नियुक्त गरिने

सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो ।