लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन धितोपत्र ब्रोकरलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । उक्त व्यवस्था कार्यान्वयन नहुँदा लगानीकर्ताले ब्रोकरबाट सेयर खरिद कर्जा लिन पाएका छैनन् । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा कडाइ गरेको अवस्थामा ब्रोकरमार्फत पनि सेयर खरिद कर्जा पाइने भएपछि लगानीकर्तालाई केही राहत हुने अपेक्षा थियो । तर पछिल्लो पटक नेप्सेले निर्देशन जारी गरेको एक महिनासम्म पनि काम सुरु नहुँदा उक्त व्यवस्था कार्यान्वयनमै आशंका देखिएको हो ।