नेप्सेमा कालोपट्टी सहित विरोध प्रदर्शन गर्न गएका लगानीकर्ताहरु पक्राउ

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विरोध प्रदर्शन गर्न पुगेका पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा कालोपट्टि सहित प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले  संघर्ष समितिका संयोजक तिलक कोइराला, सदस्यहरु एस पी चौलागाई, नानीबाबु खरेल लगायतलाई पक्राउ गरेको हो । कालोपट्टी सहित प्रदर्शन गर्न पुगेका लगानीकर्तालाई प्रहरीले नेप्से कार्यालय रहेको क्षेत्र निषेधित क्षेत्र रहेको र निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम गर्न नपाइने भन्दै विरोधका कार्यक्रम नगर्न पटक पटक आग्रह गरेको थियो । जबर्जस्ति कार्यक्रम जारी राखेको खण्डमा प्रहरीले बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिएको थियो । तर संघर्ष समितिका संयोजक तिलक कोइरालाले यस अघि २ पटक नेप्से कै प्राङ्गणमा अनसन बसेको  र अहिले पनि शान्तिपूर्ण विरोधको कार्यक्रम गर्न पाउनु भन्दै बताउदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले माइतीघर मण्डलामा गएर प्रदर्शन गर्न लगानीकर्तालाई आग्रह गरेको छ। प्रहरीले नेप्सेमा पुगेका सबै लगानीकर्तालाई हटाएको छ । आफ्ना मागमा रहेका विषय मध्ये नेप्सेले गर्नु पर्ने कामको बारेमा दबाब दिन प्रदर्शन गर्ने तयारी समितिको थियो । समितिले यस अघि सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाएको थियो । समितिले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेको हो । जेठ मसान्तभित्र माग पुरा नभए असार १ गतेबाट समितिका संयोजक कोइरालाले आफु आमरण अनसन बस्ने घोषणा गरिसकेका छन् । यस्ता छन् मागहरु : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।यो पनि : सेयर मूल्य धेरै घट्यो भन्ने क्षणिक चिन्ता बोकेर बढाई दिने फिराद गर्न आएका हैनौं: तिलक कोइराला

सम्बन्धित सामग्री

एनसेलको सेयर खरिद बिक्रीविरुद्ध विरोध प्रदर्शन

एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ। बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले काठमाडौंको शान्तिबाटिका विरोध प्रदर्शन गरेका हुन्।...

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।...

मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन

मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घ

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा विरोध प्रदर्शन

सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।...

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा माइतिघरमा विरोध प्रदर्शन

सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुव्र्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विरोध प्रदर्शन...

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

एमसिसीको विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन

हेटौंडा : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा हेटौंडामा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ।राष्ट्रवादी तथा वीर गोर्खाली नामक युवाहरूको समूहले सदनबाट एमसिसी पास गर्न नहुने भन्दै हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।सरकारले एमसिसी पास गर्न कसरत बढाएसँगै देशैभरको राजनीति तरंगित भइरहेको छ। हेटौंडामा पनि यसको विरोधमा दैनिकजसो प्रदर्शन हुन थालेको छ।बुधबार हेटौंडामा विपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन र युवा संघले विरोध प्रदर्शन गरेकोमा बिहीबार सत्ता गठबन्धन माओवादी र नेकपा

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघरमा थारुहरुको विरोध प्रदर्शन

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

हेटौँडामा फुटबल प्रेमीहरुको विरोध प्रदर्शन

हेटौँडा : मकवानपुरका फुटबल क्लबहरुले हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजीनामा दिएको भन्दै मानसिक दबाब मुक्तको लागि सामूहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरु जनाएको छ। प्रदर्शनमा क्लबका खेलाडीहरु, खेल प्रेमीहरुको सहभागिता रहेको थियो। यसअघि आजै क्लबहरुले जिल्ला…