सेबोन अगाडी तिलक कोइरालाको अनसन सुरु, भन्छन् 'मेरो मृत्यु भए पनि ठूलो कुरो होइन'

 पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आफ्नो पूर्व घोषणा अनुसार आज असार १ गतेबाट आमरण अनसन बसेका छन् । आज बिहान ११ बजेर ५१ मिनेटदेखि उनले खुमलटार स्थित नेपाल धितोपत्र  बोर्डको कार्यालय अगाडीको सडक मै अनसन थालेका हुन् । अनसन सुरु गर्दै उनले आफ्नो अनसन निर्णायक र अन्तिम लडाई भएको बताएका छन्। यो अनसन सफल हुने र अबदेखि लगानीकर्ताले आन्दोलन गरेर विश्वमा कहिँ नभएको जात्रा देखाउन नपर्ने र संघर्ष गर्न नपर्ने विश्वास उनले बिश्वास व्यक्त गरेका छन् ।आफुले अगाडी सारेका र सरकारले गर्छु भनेका माग पुरा नभएपछि अनसन जारी उनले उल्लेख गरेका छन् । आफु मधुमेहको औसधि सेवा गरिरहेको जनाउदै उनले अनसन बसेको केहि दिनमा शरीरमा ग्लुकोज मात्र कम भएर ढल्न पनि सक्ने बताएका छन् । त्यस्तौ उनले आफ्नो मृत्यु पनि हुन सक्ने तर त्यो ठूलो कुरा नभई आफ्ना माग पुरा भई %२ लाख लगानीकर्ताको लगानी सुरक्षित होस्, भावी पुस्ताको लगानीकर्ताले सुन्दर पुँजी बजार पाउन्, बजारमा विविध लगानीको औचार तथा उपकरण पाउनु ठूलो कुरा भएको बताए  ।  उनले अन्य लगानीकर्तालाई सामाजिक संजालमा खिसिट्युरी गरेर नबस्न आग्रह गर्दै लगानीकर्तालाई सडकमा उत्रिन आग्रह गरेका छन् । उनले अन्य लगानीकर्तालाई सडकमा आएर दबाब दिन आग्रह गर्दै आफुले अनसन सफल पारेरै छाड्ने र माग पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्। कोइरालाको अनसनलाई लगानीकर्ताका विभिन्न संघसंगठन साथ पनि छ ।  के के छन् माग ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।यो पनि : लगानीकर्ता अनसनको तयारीमा, धितोपत्र बोर्ड अध्यक्ष हमाल अमेरिकामा

सम्बन्धित सामग्री

कारागारभित्र एकजना कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।...

बझाङमा गर्भवतीको मृत्यु

काठमाडाैँ- बझाङमा एक गर्भवतीको मृत्यु भएको छ। बझाङको केदारस्युँ गाउँपालिका–६ की ४७ वर्षकी गोपडी धामीको सुत्केरी हुने क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर ब्यापक शाहले जानकारी दिए। तर, अस्पताल पुग्नुअघि नै पेटभित्रै बच्चाको मृत्यु भइसकेको शाहले बताए। उनलाई एक दिनअगाडिबाट सुत्केरी ब्यथा लागेको र श्रीमान्‌ले अस्पताल लैजान खाेज्दा जान नमानेको केदारस्युँ गाउँपालिकाका […]

डेङ्गु संक्रमितको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

मधुवनमा दुई जनाको मृत्यु

मधुवननगरपालिकामा रहस्यमय दुई जनाको मृत्यु भएको छ।अखाद्य झोल पदार्थ खाएर दुई जनाको मृत्यु भएको हो।...

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।...

मृत्यु बोकेको मान्छे

हे मृत्यु, तँ किन डराएको मसँग हे मृत्यु, तँ किन डराएको मसँग म त मृत्यु बोकेर बाँचेको मान्छे मलाई त्रास न दे मृत्युको म त मृत्यु बोकेर बाँचेको मान्छे   तँ धुँवा बनेर कोठामा छिरिस् आगो बनेर प्यासेजमा फैलिइस् म निर्धक्क गफिएर बसें परिवारसँग मलाई मृत्युको भय थिएन किनभने, म त मृत्यु बोकेर बाँचेको मान्छे […]

वडाध्यक्षको मृत्यु

जाजरकाेट – कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए। उनले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थिए। घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए।

इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो । उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ […]

कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो। शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो। हालसम्म देशभर ९५०६ जनाको […]

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका