धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्थामा संशोधन भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चिततालगायत ब्रोकरहरूका केही माग सम्बोधन नभएको, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् ।