ब्रोकरले मार्जिन कारोबार सुविधा दिन सकेनन्

नीतिगत व्यवस्था भएको ३ वर्षसम्म पनि धितोपत्र ब्रोकरले लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन सकेका छैनन् । मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा आफूले भनेजस्तो (लगानीकर्ताको सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई कर्जा दिन भन्ने) व्यवस्था नभएपछि ब्रोकरहरू मार्जिन कारोबार सुविधा दिन अनिच्छुक देखिएका हुन् ।

सम्बन्धित सामग्री

ब्रोकरले लगानीकर्तालाई सेयर खरिद कर्जा दिन सकेनन्

लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन धितोपत्र ब्रोकरलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । उक्त व्यवस्था कार्यान्वयन नहुँदा लगानीकर्ताले ब्रोकरबाट सेयर खरिद कर्जा लिन पाएका छैनन् । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा कडाइ गरेको अवस्थामा ब्रोकरमार्फत पनि सेयर खरिद कर्जा पाइने भएपछि लगानीकर्तालाई केही राहत हुने अपेक्षा थियो । तर पछिल्लो पटक नेप्सेले निर्देशन जारी गरेको एक महिनासम्म पनि काम सुरु नहुँदा उक्त व्यवस्था कार्यान्वयनमै आशंका देखिएको हो ।