तिलक कोइरालाले प्रहरी हिरासत मै सुरु गरे अनसन

 पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइराला प्रहरी हिरासत मै अनसन बसेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विरोध प्रदर्शन गर्न जाँदा पक्राउ परेका उनले प्रहरी हिरासत मै अनसन सुरु गरेका हुन् । प्रहरीले नेप्से परिसरबाट कोइराला सहित ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार लगेको थियो ।  कोइरालाले महानगरीय प्रहरी वृत्त सिंहदरबार मै अनसन सुरु गरेको घोषणा गरेका हुन्  ।  नेप्सेमा कालोपट्टि सहित प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीले  संघर्ष समितिका संयोजक तिलक कोइराला, सदस्यहरु एस पी चौलागाई, नानीबाबु खरेल लगायतलाई पक्राउ गरेको हो । कालोपट्टी सहित प्रदर्शन गर्न पुगेका लगानीकर्तालाई प्रहरीले नेप्से कार्यालय रहेको क्षेत्र निषेधित क्षेत्र रहेको र निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम गर्न नपाइने भन्दै विरोधका कार्यक्रम नगर्न पटक पटक आग्रह गरेको थियो । जबर्जस्ति कार्यक्रम जारी राखेको खण्डमा प्रहरीले बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिएको थियो ।तर संघर्ष समितिका संयोजक तिलक कोइरालाले यस अघि २ पटक नेप्से कै प्राङ्गणमा अनसन बसेको  र अहिले पनि शान्तिपूर्ण विरोधको कार्यक्रम गर्न पाउनु भन्दै बताउदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले माइतीघर मण्डलामा गएर प्रदर्शन गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । प्रहरीले नेप्सेमा पुगेका सबै लगानीकर्तालाई हटाएको थियो । आफ्ना मागमा रहेका विषय मध्ये नेप्सेले गर्नु पर्ने कामको बारेमा दबाब दिन प्रदर्शन गर्ने तयारी समितिको थियो । समितिले यस अघि सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाएको थियो । समितिले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेको हो । जेठ मसान्तभित्र माग पुरा नभए असार १ गतेबाट समितिका संयोजक कोइरालाले आफु आमरण अनसन बस्ने घोषणा गरिसकेका छन् । यस्ता छन् मागहरु : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।यो पनि : सेयर मूल्य धेरै घट्यो भन्ने क्षणिक चिन्ता बोकेर बढाई दिने फिराद गर्न आएका हैनौं: तिलक कोइराला

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको थुनछेक बहस मंगलबार

बालिका जबर्जस्ती करणी अभियोगमा  प्रहरी हिरासत रहेका सन्दीप लामिछानेविरुद्धको अभियोग पत्र सोमबार अदालतमा दर्ता हुने भएको छ । उनीविरुद्धको अभियोग पत्र तयार भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालय सोमबार जिल्ला अदालत काठमाडौंमा...

‘लाउरे’को प्रहरी हिरासत बसाइ लम्बियो

चर्चित -यापर आशिष राना ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्विएको छ । जिल्ला अदालत कास्कीले उनलाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

‘लाउरे’को प्रहरी हिरासत बसाइ लम्बियो

चर्चित -यापर आशिष राना ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्विएको छ । जिल्ला अदालत कास्कीले उनलाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

‘लाउरे’को प्रहरी हिरासत बसाइ लम्बियो

चर्चित -यापर आशिष राना ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्विएको छ । जिल्ला अदालत कास्कीले उनलाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

तिहारका जुवाडेले भरिए काठमाडौं र भक्तपुरका प्रहरी हिरासत

दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् । ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले...

प्रहरी हिरासत नै असुरक्षित

विसं. २०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राख्यो। भदौ २६ गते बिहान अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भयो।...

प्रहरी हिरासत भित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए एक व्यक्ति

शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए। हिरासत भित्र थप पाँच जना समेत रहेका छन्। उनका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जी (भित्री वस्त्र) को पासो ल...

धनुषामा प्रहरी हिरासत कक्षमा एक जना थुनुवा मृत फेला

१५ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको […]

टेकुको प्रहरी हिरासत खाली

नेपालकै सबैभन्दा बढी थुनुवा हुने महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुस्थित प्रहरी हिरासत यही बिहीबारबाट खाली भएको छ ।