शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नेपाली युवालक्षित १२५ सीसी क्षमताको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ । यो स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ । टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस अध्यक्ष आर डिलिपले आफ्ना उपभोक्ताका लागि उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरू उपलब्ध गराउँदै आएको र नयाँ पुस्ताका उपभोक्तामाउत्साह र आकांक्षा ज