काठमाडौं : सरकारले करारका स्वास्थ्यकर्मीको कार्यकाल बढीमा तीन महिना थप्ने निर्णय गरेको छ।स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले पछिल्लो समय कोरोना संक्रमण बढेकाले जनशक्ति अभाव हुन नदिन करारका कर्मचारीको म्याद थप गरेको जनाएको हो। ‘कोरोना रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यक अनुसार माघ महिनादेखि बढीमा ३ महिना सम्म थप्न सकिने छ,’ केन्द्रले जारी ग