सरकारले पुन:स्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको फैसला गर्दै साउन ३ गतेभित्र अधिवेशन बोलाइसक्न आदेश दिएको थियो ।
साथै बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि ग...