सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको म्याद तीन महिना थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि गठित दुवै आयोगका पदाधिकारीको म्याद थप्ने निर्णय गरेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद थप्ने निर्णय गरिएको हो । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगका पदाधिकारीको म्याद तीन महिना थप्ने निर्णय...