ठेकेदारको दबाबमा सरकारले कामै नभएका आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ । ठेकेदारको दबाबमा कोभिडपछि मात्र त्यस्ता आयोजनाको म्याद चार पटक थप भइसकेको छ । निर्माण व्यवसायीले मुलुकभर चालु रहेका ३ हजार बढी आयोजनाको म्याद एक वर्ष थप्नुपर्ने माग गरेका हुन् । त्यही मागअनुसार सरकारले आयोजनाहरूको म्याद थप गर्ने निर्णय गरेको हो ।