बुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभाले जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन जना सांसद पदमुक्त भएको जानकारी दिएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार एक सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।