जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका ४ सांसदलाई कारवाही गरेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ ।
प्रदेशसभा सचिवालयले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरू पदमुक्त भएको मानिन्छ । पार्टीको निर्णय विपरीत मन्त्री बनेपछि पार्टीले चारै सांसदलाई कारवाही गरेको हो ।
सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको छ ।
जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्व...