नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला 'क्लिन स्विप' गरेको छ । कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कतारका ब्याटर अलिना खानल