खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल

युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो ।  बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रत दिलाएका हुन् ।आजको खेलबाट इङ्गल्यान्ड इतिहास रच्ने दाउमा छ ।  ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको यो टोलीले यसअघि १९६६ मा  विश्वकपको फाइनल जितेको थियो । यता, चारपटकको विश्वविजेता तथा १९६८ को युरो विजेता इटाली पनि यो पटक आफ्नो पक्षमा उपाधि

सम्बन्धित सामग्री

बंगलादेशलाई दुई गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र बंगलादेश खेलिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश २-० ले अघि छ । खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी […]

टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री

भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकप क्रिकेटको खेलको सबै टिकट बिक्री भइसकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, आईसीसीले अक्टोबर २३ मा अष्ट्रेलियामा हुने यस खेलका सबै टिकटहरूको साथै 'अतिरिक्त स्ट्यान्डिङ रुमका टिकटहरू केही मिनेटमै बिक्रि भएको' बताएको छ।आईसीसीले खेल अघि एक आधिकारिक रीसेल प्लेटफर्म पनि सुरु गरिनेछ जहाँ प्रशंसकहरूले एक अर्कालाई टिकटहरू साट्न सक्छन्। आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपका लागि ५ लाखभन्दा बढीले टिकट किनेका छन् ।

नेपालको ८ मिनेटमा ३ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै फराकिलो अग्रता लिएको छ । नेपालले खेलको १७ मिनेटमै ३ गोलको अग्रता लिइसकेको छ । नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु र अमृता जैशीले गोल गरेका हुन् । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमै […]

कोस्टारिका विश्वकपमा छनोट, खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक सावित

काठमाडौं, असार १ । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १–० गोलले हराउदै विश्वकपमा छनौट भएको हो । कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक सावित […]

भारत विरुद्ध पाकिस्तानको टिकट पाँच मिनेटमै सकियो

एजेन्सी – अष्ट्रेलियामा आगामी अक्टोबर- नोभेम्बरमा हुने आइसिसी टि२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको खेलको लागि खुल्ला गरेको टिकट पाँच मिनेटमै सकिएको छ । मेलबर्न क्रिकेट मैदानमा अक्टोबर २३ मा हुने उक्त खेलको लागि टिकट खुल्ला गरेको पाँच मिनेटमा नै सोमबार सबै सकिएको अष्ट्रेलियाको क्रिकेट डट कम डट एयुले जनाएको छ । आन्तरिक राजनीतिको कारण […]

लेस्टर सिटीमाथि आर्सनलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा घरेलु टोली लेस्टर सिटीमाथि आर्सनलले २-० को जित निकालेको हो। खेलको पाँचौं मिनेटमै गाब्रियलको गोलमा अग्रता बनाएको आर्सनलका लागि दोस्रो १८ औं मिनेटमा इमिल स्मिथले गोल गरेका थियो। खेलको पहिलो हाफमै आर्सनल दुई गोलले…

तीन भारतीय कुस्ती खेलाडी रौतहटमा पराजित

बीरनगराका कुस्तीबाज राजेश यादवले भारतको दिल्लीका कुस्तीबाज राहुलबीच खेलको लागि ८ मिनेटको समय निर्धारण गरिएकोमा पहिलो एक मिनेटमै पराजित गरेका छन्।...

इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले लिथुवानियामाथि फराकिलो जित निकालेको छ। समूह सी अन्तर्गतको खेलमा घरेलु टोली इटलीले लिथुवानियामाथि ५-० को फराकिलो जित निकालेको हो। युरोपियन च्याम्पियन इटलीले खेलको खेलको ११ औं मिनेटमै मोइस किनको गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा लिथुवानियाका इडगारस उट्कुसले आत्मघाती गोल गर्दा…

एनएसएल : बुटवलमाथि साँघुरो जित निकाल्दै काठमाडौं शीर्ष तीनमा

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको निर्णयक गोल काठमाडौंका स्टेफिन बिनोङले गरेका थिए। उनले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए। जितसँगै काठमाडौं रेजर्स…