असार ११, काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईबिएल एस समृद्धि फण्ड २ को इकाई सूचीकृत भएको छ ।
योजनाले १५ करोड इकाई सूचीकृत गराएको हो । अब यो इकाइ लगानीकर्ताले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।
योजनाको धितोपत्र कोड एनआईबिएसएफ २ (NIBSF2) कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज र यस योजनाबीच असार ११ गते सूचीरकण सम्झौता भएको हो ।