सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन एन्फा कम्प्लेक्समा हुने

जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कप्लेक्स सातदोबाटोमा हुने भएको छ । निर्वाचन वैशाख २२ हुने भएको हो ।एन्फाले गठन गरेको निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन वैशाख २२ गते गर्ने निर्णय छ । आन्तरिक विवादको कारण सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो ।त्यस्तै सुर्खेत जिल्ला फुटबलसंघको निर्वाचन १८ गतेसम्म गरिसक्ने एन्फाले पत्र पठाइ सकेको छ । 

सम्बन्धित सामग्री

प्रदेश फुटबलको निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध […]

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा र

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए ।  रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा सुर्खेत जिल्लाको निर्वाचन स्थगित भएको थियो । त्यसपछि एन्फाले रविन चन्दलाई निर्वाचनमा भाग लिन नदिन भन्दै पत्र पठाएको थियो ।यता, एन्फाको निर्वाचन समितिले भने

तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश […]

एन्फा निर्वाचन : इलाममा श्रेष्ठ, चितवनमा कार्की र दाङमा धिताल

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि जिल्ला फुटबल संघको निर्वाचन चलिरहेको छ । यहीबीच शनिबार भएको इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इलाममा सम्पन्न सभाले संघको उपाध्यक्षमा पूर्णबहादुर लिम्बु (फत्र माईला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको हो ।त्यस्तै चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की पुनः निर्वाचित भएका छन् । कार्की निर्विरोध निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा अनिल शाक्य,विजय घले र विनोद लामा निर्वाचित

एन्फा जिल्ला निर्वाचन – बिहीबार ६ जिल्लामा को–को ?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि अहिले जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ । बिहीबार ६ जिल्ला फुटबल संघले नयाँ नेतृत्व पाएको छ । सुनसरीबाट नबिन राई, सप्तरीबाट राजकुमार परियार, संखुवासभाबाट भरत घिमिरे, बाराबाट रामचन्द्र लामा, नवलपरासीबाट धन प्रसाद गुरुङ र ललिपुरबाट पुरुषोत्तम थापाको नेतृत्वमा नयाँ कार्यसमिति […]

एन्फा जिल्ला निर्वाचन – अधिकांशमा निर्विरोध चयन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि यतिबेला जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ । शनिबार ९ जिल्ला रुपन्देही, काभ्रे, महोत्तरी, पर्सा, बाग्लुङ, लमजुङ, कैलाली, नवलपुर र बाँकेको निर्वाचन हुँदा बाँकेमा मात्रै निर्वाचनबाट नेतृत्व चयन भएको छ । रुपन्देहीमा लोक पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । […]

एन्फा जिल्ला संघका निर्वाचन स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको पूर्व निर्धारित समय प्रभावित भएको छ । एन्फाले फागुन १५ देखि ३० गते भित्र जिल्ला फुटबल संघहरुको निर्वाचन गर्ने पूर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १७ औं बैठकले प्राविधिक कारणवश जिल्ला संघको निर्वाचन स्थगित गर्नुपर्ने […]