एन्फा निर्वाचन : इलाममा श्रेष्ठ, चितवनमा कार्की र दाङमा धिताल

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि जिल्ला फुटबल संघको निर्वाचन चलिरहेको छ । यहीबीच शनिबार भएको इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इलाममा सम्पन्न सभाले संघको उपाध्यक्षमा पूर्णबहादुर लिम्बु (फत्र माईला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको हो ।त्यस्तै चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की पुनः निर्वाचित भएका छन् । कार्की निर्विरोध निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा अनिल शाक्य,विजय घले र विनोद लामा निर्वाचित