संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमन्त्री राजकुमार गुप्ताको जोडबलमा गुपचुप एक सातामा १ हजारभन्दा बढी कर्मचारीको सरुवा भएपछि मन्त्रालयमा असन्तुष्टि बढेको छ । मन्त्रालयले एक साताको बीचमा उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदारको सरुवा गरेको थियो । भदौ महिनामा सरुवा गरेका कर्मचारीको सूची २ असोजमा वेबसाइटमा राखिएकाले पनि शंका बढाएको हो...