कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् । जब आर्थिक गतिविधिमा चौतर्फी गिरावटको दायरा फराकिलो बन्दै जान्छ, तब अर्थव्यवस्थामा मन्दी आउन लागेको इशारा बुझ्न सकिन्छ । आर्थिक मन्दीपूर्वका केही सामान्य सुचकहरू छन्, त्यसलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । आर्थिक विकास क्रमिक रूपले घट्दै जानु, सार्वजनिक खपतमा गिरावट आउनु, औद्योगिक उत्पादनमा ह्रास आउनु, बेरोजगारी ...