कोरोना बीमाको ६ अर्ब भुक्तानी बाँकी

काठमाडौं। गत वर्ष २०७७ सालको वैशाख पहिलो सातादेखि सुरु भएको कोरोना बीमामा परेको दाबीको ६० प्रतिशत भुक्तानी अझै बाँकी छ। हालसम्म कोरोना संक्रमित भएका एक लाख १४ हजार ६०० बिमितले कुल १० अर्ब ९७ करोडको दाबी भुक्तानी गरेका थिए। त्यसमध्ये ४१ हजार संक्रमितले ४ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी पाएका छन्। बाँकी ६६ हजार ६०० संक्रमितले अझै भुक्तानी नपाएका हुन्।

सम्बन्धित सामग्री

सरकारले कोरोना बीमाको ११ अर्ब भुक्तानी गर्न बाँकी

महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार सरकारले कोरोना महामारीको बीमाबापतको अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ ।नेपाल सरकारको २०७७/७८ को बजेट वक्तव्यमा सामूहिक कोरोना बीमा प्रिमियमको ५० प्रतिशत अनुदान दिने र सबै कर्मचारीको १ लाखसम्मको कोरोना बीमा निःशुल्क हुने व्यवस्था गरेको थियो । उक्त बजेट वक्तव्यको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालय

महालेखाको प्रतिवेदन: कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी बाँकी

कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ।

कोरोना बीमा : ३७ हजार १ जनालाई  ६ अर्ब १६ करोड ६२ लाख तिर्न बाँकी

काठमाडौं : सरकारले ३७ हजार एक जनालाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औं प्रतिवेदनमा सरकारलाई बीमावापतको ६ अर्ब १६ करोड तिर्नुपर्ने दायित्व थपिएको उल्लेख गरेको हो। कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा बीमा समितिले २०७७ जेठदेखि कोरोना बीमा कार्यक्रम संचालन गरेको थियो।…

भुक्तानी भएन कोरोना बीमाको ६ अर्ब १६ करोडभन्दा बढी रकम

काठमाडौं : सरकारले बीमा दाबी गरेकाहरूको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ। महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा कोरोना बीमा दाबी गरेका ३७ हजार १ जनाको बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेकाे उल्लेख छ।महालेखाका अनुसार ०७७/७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबीबापतको अनुमानित १० अर्ब ९७ करोड ७३ लाख रूपैयाँ रहेकोमा ७७ हजार ६ सय ३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख रूपैयाँ बराबर दाबी भुक्तानी भएको छ।बाँकी बीमाको भुक्तानी दिन निर्देशिकाको व्यवस्थाअनुसार सरकारको दायि

कोरोना बीमाको रकम भुक्तानी प्रक्रिया अघि बढाउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्। मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन्। यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन […]

कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी थाल्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार, कोरोना बीमाको भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधनका बारेमा पनि छलफल गरेका हुन् । विभिन्न बीमा कम्पनीले बीमितहरूलाई कोरोना बीमाको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । यसमा सरकार, बीम

सकियो कोरोना बीमा अवधि, सरकारले सात अर्ब दिन बाँकी

२०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ ।कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो । आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै कोरना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा माप

सरकारले पैसा नदिँदा कोरोना बीमाको भुक्तानी बन्द

सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । कुल दाबीको झन्डै ६० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले निकासा नगरिदिँदा लगभग ७० हजार बीमितहरुले भुक्तानी पाउन नसकेका हुन् । नियामक निकाय बीमा समितिले हालसम्म कुल ११ अर्ब रुपैयाँ बराबरको कोरोना बीमा माग दाबी परेकोमा करिब ५ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी दिन सकिएको र बाँकी रुपैयाँ सरकारकै कारण रोकिएन पुगेको जनाएको छ । यद्यप

बन्द हुँदै कोरोना बीमा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो । बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि त्यस्तो बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए । ‘चालू आवसम्म मात्र सञ्चालन गर्नेगरी कोरोना बीमाको कारोबार शुरू गरेका हौं । सोहीअनुसार असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द गर्नेछौं,’ उनले भने, ‘असार मसान्तपछि पनि यसलाई निरन्तरता दिन सकिन्थ्यो । तर, यस विषयमा कुनै निर्णय गरिएको छैन ।’ सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा कोरोना बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उनको भनाइ छ । ‘पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । यस अवस्थामा सरकारले सहयोग गर्ने नीति ल्याएमा कोरोना बीमालाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘किनकी कोरोनासम्बन्धी मुख्य दायित्व सरकारको नै हो ।’   साउनदेखि दाबी आवेदन पनि नलिइने उनले बताए । ‘अहिले पनि कोरोना बीमाको पोलिसी विक्री गर्न मिल्छ । तर, साउनदेखि भने कोरोना बीमा पोलिसीको खरीदविक्री बन्द गरिनेछ,’ उनले भने, ‘साथै, दाबी भुक्तानीका लागि आवेदन दिने म्याद पनि असार मसान्तमा अन्तिम हुनेछ ।’ असारभित्र नै कोरोना संक्रमण भएको पुष्टि भए पनि ग्राहकले बीमा भुक्तानीका लागि यही अवधिमा नै प्रक्रिया अगाडि बढाउनुपर्ने छ । असार मसान्तपछि दाबी भुक्तानीको आवेदन पनि नलिने पौडेलको भनाइ छ । ‘साउन १ गतेदेखि दाबी पनि लिने छैनौं । तर, असार मसान्तसम्म परेको दाबी आवेदनको हकमा भने आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिनेछ,’ पौडलले भने । कोरोना बीमासम्बन्धी मापदण्डमा असारसम्म मात्रै कोरोना बीमा सञ्चालन गरिने व्यवस्था छ । ‘गतवर्षको भदौ २९ गतेदेखि यता बीमा गरेका ग्राहकले गत चैत मसान्तभित्र कोरोना भएको भए मात्रा दाबी पाउनेछन् । वैशाख यता पनि कोरोना बीमाको विक्री भएको छ,’ पौडेलले भने, ‘तर, वैशाख यता कोरोना बीमा गर्नेको बीमा अवधि असारमसान्तसम्म मात्र हुनेछ ।’ नेपालमा कोरोनाको संक्रमण शुरू भएको हुदाँ बीमा समितिले गतवर्षको वैशाखदेखि कोभिड–१९ बीमालेख जारी गरेको थियो । तर, कोरोना बीमामा बीमा कम्पनीहरूले सोचे जस्तो नाफा कमाउन सकेनन् । हालसम्म कोरोना बीमामा करीब ९ अर्ब रुपैयाँ बराबरको दावी परेको छ । त्यसमा करिब ६ अर्ब बराबरको दाबी स्वीकृति भइसकेको छ । बाँकी भने स्वीकृतिको प्रक्रियामा रहेको छ । यसमा बीमाक्षेत्रको दायित्व भने साढे ३ अर्ब रुपैयाँ मात्रा रहेको छ । बीमा समितिले रू. १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले रू. १ अर्ब र २० निर्जीवन बीमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ गरेर त्यो बराबरको भुक्तानी बीमाक्षेत्रबाट नै हुने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा त्यो सरकारले नै बेहोर्ने छ । कोरोना बीमा बीमा समिति, पुनर्बीमा कम्पनी र कम्पनीहरूले आफ्नो दायित्व बराबरको भुक्तानी गरिसकेका छन् । तर, सरकारले भने आफ्नो दायित्व बराबरको रकम अझै भुक्तानी गरेको छ । बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरू गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत र बाँकी रहेको बीमा कम्पनीलाई बराबर मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । यसको व्यवस्थापन भने नेपाल बीमक संघले गर्दै आएको छ ।