सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । कुल दाबीको झन्डै ६० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले निकासा नगरिदिँदा लगभग ७० हजार बीमितहरुले भुक्तानी पाउन नसकेका हुन् । नियामक निकाय बीमा समितिले हालसम्म कुल ११ अर्ब रुपैयाँ बराबरको कोरोना बीमा माग दाबी परेकोमा करिब ५ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी दिन सकिएको र बाँकी रुपैयाँ सरकारकै कारण रोकिएन पुगेको जनाएको छ । यद्यप