नियामक बीमा समितिले कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ तत्काल निकास हुने जानकारी दिएको छ । सोमबार राजधानीमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले अबको साता दिनमा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा हुने बताए । अध्यक्ष सिलवालले भने, ‘कोरोना बीमा बापतको दाबी भुक्तानी हुन्छ, अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ । एक हप्ता भित्र एक अर्ब निकासा हुन्छ ।’ तर, कोरोना बीमा बापत बीमितहरुलाई करिब ७ अर्ब रुपैयाँ सरकारले भुक्तानी दिन बाँकी छ